मोरङ बचत तथा ऋण सहकारी संस्था लि.को यस वेभसाईटमा तपाईलाई स्वागतम छ । भन्ने गरिन्छ “युवा शक्ति भनेको देशको मुल खम्बा हो, विकास र प्रगतिको बाहक हो ।” तत्कालीन समयका २८ जना नव युवाहरुले जम्मा रु.२८०००। पुजीँबाट बि.सं. २०७३ अषाढ ६ गते विधिवत रुपमा डिभिजन सहकारी कार्यालय सुनसरीमा दर्ता गरी थालनी गरेको यस संस्था बिभिन्न आरोह÷अवरोहहरु पार गर्दै, कहिले प्रतिकुल अवस्थाको सामना गर्दै त कहिले मोरङ जिल्लाको र समग्र पुर्वाञ्चल क्षेत्र कै उत्कृष्ट संस्थाको रुपले सम्मानित तथा पुरस्कृत हुदै यहाँ सम्म आईपुगेको छ । सहकारीका शिद्धान्तहरुलाई साँच्चै ब्यवहारीक रुपमा अंगाल्दै वित्तीय सेवा मार्फत सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतीक अवस्था माथि उठाउन यो संस्था सधै कृयाशिल रहेकोछ । प्रमुख गरी बचत र ऋणको कारोवार मार्फत यस क्षेत्रका मानिसहरुलाई सेवा प्रदान गर्दै आएको यस साकोसले बचत र ऋणको अलवा रेमिटान्स सुविधा, एम्बुलेन्स सुविधा, विभिन्न विषयहरुमा प्रसंशा तथा पुरस्कार प्रदान, जेष्ठनागरिक सम्मान, सुतकेरी भोटघाट, मृतक राहत कोष जस्ता अनेकौ सेवा सुविधाहरु प्रदान गर्दै आएको छ । सहकारीको माध्यमबाट यस क्षेत्रको मानिसहरुको सम्पूर्ण विकासको लागि हामी सदैव तल्लिन र प्रयत्नसिल रहेका छौं ।

Posted on 1 Aasad 2073

मोरङ बचत तथा ऋण सहकारी संस्था लि. लेटाङको ब्यवस्थापन तथा मोरङ सुनसरी सेवा समाज नेपालको आयोजनामा रामलाल गोल्छा आँखा अस्पताल प्रतिस्ठान बिराटनगरको बरिष्ठ डक्टरहरुबाट मिति २०७३ साल जेष्ठ २४ गते सोमबार मोरङ साकोसको परिसर लेटाङमा निःशुल्क आँखा शिविर सम्पन्न भएकोछ । शिविरका बिरामीहरुलाई निःशुल्क औषधिको ब्यवस्था गरिएको थियो भने मोतियाबिन्दु भएका बिरामीहरुलाई निःशुल्क शल्यक्रियाको समेत ब्यवस्था गरिएकोछ । शिविरमा जम्मा ३७२ जना आँखाको बिरामीहरुले आँखा जाँच गराएका थिए भने त्यस मध्ये ३९ जना बिरामीको मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने भेटिएको छ । शिविर संचालक संस्थाहरुमा रामलाल गोल्छा आँखा अस्पताल बिराटनगर, तिलगंगा आँखा अस्पताल काठमाण्डौं र The Fred Hollows Foundation अस्ट्रेलिया रहेका थिए । मोरङ साकोसका उपाध्यक्ष श्री डम्बरबहादुर राई ज्यूद्धारा आयोजक संस्था तथा अस्पताल परिवारलाई धन्यवाद ज्ञापन तथा मायाको चिनो प्रदान गरी कार्यक्रम समापन गर्नुभएको थियो ।

Read more »

Page 1 of 2 1 2 »

Annual Report 2073

“सदस्यहरुको वित्तीय खोजाइ, मोरङ बचत नै पहिलो रोजाइ”
read more

Name: Morang Saving & Credit
  Co-operative Society Ltd.
Address: Letangbhogateni-8,
  Morang
  Nepal
  (Near by Municipality Office)
Telephone: +977-021-560207, 307
FAX: +977 21560277
E-mail: info@morangsaccos.org.np